राजीनामा दिएर बाटो खोलिदिन केदार कार्कीलाई काँग्रेस नेता थापाको सुझाव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राजीनामा दिएर बाटो खोलिदिन केदार कार्कीलाई काँग्रेस नेता थापाको सुझाव


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ। नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न सुझाव दिएका छन् ।

कार्कीले कम्पनीजस्तो गरेर प्रदेश सरकार चलाएको थापाको आरोप छ । एमाले र माओवादीका सांसदले विश्वासको मत फिर्ता लिइसकेकाले कार्की अल्पमतमा परेको थापाको भनाइ छ । अंक गणितका आधारमा मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने अवस्था नदेखिएकाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए ।

नेपाली काँग्रेस पार्टी मध्यावधिको पक्षमा नरहेको भन्दै उनले प्रदेशलाई अस्थिरतातर्फ धकेल्न नहुने बताए ।

तत्कालीन काँग्रेस(माओवादी गठबन्धनले कोशीमा माओवादीका इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि केदार कार्कीले ८ सांसदसहित विद्रोह गरी एमालेको समर्थनमा सरकार बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस