वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य


२० बैशाख २०८१, बिहिबार


काठमाडौँ। चौथो टी-२० खेलमा नेपाललाई वेष्टइन्डिज ‘ए’ले २१० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए । उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए ।

ओपनर एलिक एथानाजेलाई प्रतिश जी.सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए । चार्ल्स कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए ।

प्रतिश जी।सीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस