नेशनल मेडिकल कलेजका एमडीसहित दुई जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेशनल मेडिकल कलेजका एमडीसहित दुई जना पक्राउ


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । वीरगन्जकाको नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह पक्राउ परेका छन् । म्याद गुज्रिएको औषधि प्रयोग गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी केशर न्यौपानेले जानकारी दिए ।

म्याद गुज्रिएका औषधि प्रयोग भइरहेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, वीरगन्ज महानगरपालिकासहितको टोलीले सोमबार अनुगमन गरेको थियो । अनुगमन गर्ने क्रममा त्यहाँ प्रयोग भएका औषधिहरू डेट एक्सपायर भएको अवस्थामा फेला परेको डिएसपी न्यौपानेले बताए ।

पक्राउ परेकामाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस