निर्वाचन विधेयक तत्काल संसद्‌मा पेस हुन्छ : रवि लामिछाने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

निर्वाचन विधेयक तत्काल संसद्‌मा पेस हुन्छ : रवि लामिछाने


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद्‌मा पेस गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद्‌मा पेस गर्ने बताए ।

उनले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरू र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गरे। आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद्‌मा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताए ।

अब पनि ती विधेयकहरू अड्काउनुपर्ने कुनै कारण नै नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस