गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस, सभामुख र दीपक मनाङेको पनि समर्थन  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस, सभामुख र दीपक मनाङेको पनि समर्थन 


२५ चैत्र २०८०, आइतबार


काठमाडौँ। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।

अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताल र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस