फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निर्माण गर्छौं : बाइडेन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

फ्रान्सिस स्कट ब्रिज चाँडै पुनर्निर्माण गर्छौं : बाइडेन


२४ चैत्र २०८०, शनिबार


काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बाल्टिमोरको भत्किएको फ्रान्सिस स्कट ब्रिजको निरीक्षण गरेका छन् । गत साता मालबाहक पानी जहाज पुलमा ठोक्किँदा उक्त पुल भत्किएको थियो । राष्ट्रपति  बाइडेन मेरिल्यान्ड भ्रमणका क्रममा पुलको बारेमा पनि चासो राख्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । बाइडेनले पुललाई सकेसम्म छिटो पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । पुलको पुनर्निर्माणमा सक्दो सहयोग गर्ने बताउँदै श्रम र निर्माण सामग्रीको खर्च पनि संघीय सरकारले बेहोर्ने जानकारी गराएका थिए ।

पुल भत्किँदा मृत्यु भएका छ जनाको विषयमा चासो व्यक्त गर्दै दुःखको समयमा सरकारले सहयोग गर्ने पनि उनले बताए ।

अमेरिकी राज्य मेरिल्याण्ड अन्तर्गत पर्ने बाल्टिमोरमा ठूलो कन्टेनर जहाज ‘डाली’ सहरको प्रसिद्ध फ्रान्सिस स्कट की ब्रिजसँग ठोक्किएको थियो । ठक्करका कारण सवारी साधन र मानिस पाटाप्सको नदीमा खसेका थिए । उक्त जहाज बाल्टिमोरबाट श्रीलंकाको राजधानी कोलम्बोतर्फ गइरहेको थियो ।

अमेरिकी कोस्ट गार्डका रियर एडमिरल श्यानन गिलरेथले ६ जना बेपत्ता भएका र मृतक भएको अनुमान गरेका छन् । अन्य दुई जनाको पानीबाट उद्धार गरिएको थियो । दुर्घटना हुँदा आठै जना निर्माण कार्यमा संलग्न रहेको र पुलमा खाल्डा भर्ने क्रममा रहेको बताइएको छ । बेपत्ता भएकाहरू होन्डुरस, मेक्सिको र ग्वाटेमालाका रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस