कुकुल्याण्ड भ्रष्टाचारको विषय कपोलकल्पित : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कुकुल्याण्ड भ्रष्टाचारको विषय कपोलकल्पित : प्रधानमन्त्री ‘प्रचण्ड’


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुकुल्याण्ड पुस्तकले टेलिकम भ्रष्टाचारका विषयमा उल्लेख गरेका विषय कपोलकल्पित भएको स्पष्टीकरण दिएका छन् ।

शुक्रबार गोरखामा पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले टेलिकमको भ्रष्टाचारमा आफ्नो नाम मुछिएको विषय तथ्यहीन र कपोलकल्पित भएको बताएका हुन् । 

उनले भने, ‘कुकुल्याण्ड भन्ने पुस्तकमा लेखिएको जस्तो केही पनि होइन । त्यो कपोलकल्पित हो ।’

‘कुकुल्याण्ड’ बेलायती पत्रकार टमले बरजिसको नयाँ किताब हो । जसमा नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस