सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदीय दलको ह्विप « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन संसदीय दलको ह्विप


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

नाउपाका प्रमुख सचेतक खुसीराम डगौरा थारुले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेकी हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् ।

तर श्रेष्ठको निर्देशन विपरीत प्रदेश संसदीय दलले ह्विप जारी गरेको हो । श्रेष्ठले प्रदेश कृषि राज्यमन्त्री इन्दिरा गिरीलाई प्रदेशसभा सदस्यबाट हटाएकी छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन् । प्रदेशसभाको सबभन्दा ठूलो दल काँग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का ५ सांसदलाई मन्त्री बनाएका छन् ।

गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस