कालीबहादुरको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन आदेश « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कालीबहादुरको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन आदेश


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई आज जिल्ला अदालत चितवनमा पेश गरिएको छ ।

न्यायाधीश दयाराम ढकालले मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन आदेश गरेका छन् । खामलाई हिजो (मंगलबार) प्रहरीले काठमाडौँको ठमेलबाट पक्राउ गरेर आज चितवन लगिएको हो । आजै उनलाई अदालत उपस्थित गराएर लामो समयदेखि मुल्तबीमा रहेको मुद्दा अगाडि बढाइएको छ ।

श्रेष्ठको हत्यामा मुछिएका गोविन्द बहादुर बटालालाई सर्वोच्चले सफाइ दिने फैसला गरेपछि त्यसको पुनरावेदनका लागि मिसिल सर्वोच्च पुगेको थियो ।

सर्वोच्चबाट सक्कल मिसिल प्राप्त भएपछि खामलाई अदालतमा उपस्थित गराउन न्यायाधीश ढकालले आदेश गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस