नेपालविरुद्ध १ सय ५७ रनमै समेटियो आयरल्यान्ड « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नेपालविरुद्ध १ सय ५७ रनमै समेटियो आयरल्यान्ड


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । कमलसिंह ऐरीले ३९ औँ ओभरको सुरुवाती तीन बलमा लगातार तीन खेलाडी आउट गर्दै ह्याट्रिक लिएसँगै आयरल्यान्ड ‘ए’ जारी एक दिवसीय सिरिजको पहिलो खेलमा १ सय ५७ रनमा समेटिएको छ।

ऐरीले ३८.१ ओभरमा लियम म्याकार्थीलाई साहब अलामद्वारा क्याचआउट गरेका थिए भने दोस्रो बलमा म्याथ्यु हम्फ्रेसलाई बोल्ड गरे। उनले तेस्रो बलमा बेन ह्वाइटलाई पनि बोल्ड गर्दै पेभिलियन पठाउँदै ह्याट्रिक पुरा गरेका थिए।

टियू मैदान, कीर्तिपुरमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो, जहाँ उसले ३८.३ ओभरमा १ सय ५७ रन जोड्दा अलआउट हुन पुग्यो।

आयरल्यान्डका लागि क्याडी कार्मिचेलले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान निल रकले ३९ रन बनाए। त्यस्तै, जेम्स म्याकुलमले १२ रन बनाउँदा स्टेफन डोहेनीले पनि १२ रननै बनाएका थिए। त्यस्तै, पिटर मुर २१ रनमा आउट भए। यद्यपि पछिल्लो क्रम लगातार विकेट पतनको सिकार भयो।

नेपालका लागि कमलसिंह ऐरीले ह्याट्रिक सहित ४ विकेट लिँदा साहब आलम र मौसम ढकालले समान २(२ विकेट लिए। त्यस्तै, रिजन ढकालले १ विकेट हात पारेका थिए।

नेपाल केही समयपछि जवाफी इनिङका लागि मैदान उत्रिने छ।

अभ्यासका लागि नेपाल आएको आयरल्यान्डले यसअघि सिनियर टोलीसँग २ र नेपालको ‘ए’ टोलीसँग ३ टी-२० खेल खेलेको छ। सिनियर टिमसँग दुवै खेल गुमाएको आयरल्यान्डले ‘ए’ टोली विरुद्धको टी-२० सिरिज भने २-१ ले जितेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस