राजीनामा दिने मुख्यमन्त्री पाण्डेको तयारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

राजीनामा दिने मुख्यमन्त्री पाण्डेको तयारी


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने भएका छन् । अल्पमतमा परेका पाण्डेले बुधवार राजीनामा दिने काँग्रेस स्रोतले जानकारी दिएको छ ।

विश्वासको मत लिने र राजीनामा दिने विषयमा मुख्यमन्त्री पाण्डेले मंगलबार नेपाली काँग्रेसका सांसदहरूसँग छलफल गरेका थिए ।

छलफलपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिन तयार भएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले सरकार जोगाउन चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रदेश सभामा काँग्रेसका २७ सांसद छन् । बहुमत पुर्‍याउन ३१ सांसद आवश्यक हुन्छ । हालको परिस्थितिमा विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिने भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस