माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु 


२२ बैशाख २०८१, शनिबार


कैलाली । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका-५ लालीगुराँस टोलकी ४१  वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ । 

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए । सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उनले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस