लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका उपाध्यक्षलाई निमन्त्रणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका उपाध्यक्षलाई निमन्त्रणा


१० चैत्र २०८०, शनिबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो वैशाख १६ र १७ गते काकाठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् ।

बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका निम्ति निम्तो गरेको उनको सचिवालयले जनाएको छ ।

उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरूलाई औपचारिक रूपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले आफ्नो तर्फबाट पनि निम्तो दिएको बताएका थिए ।

जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

लगानी सम्मेलनका निम्ति आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढाइएको जानकारी अर्थमन्त्री पुनले गराएका थिए । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैंकसहित अरू विकास साझेदारसँगको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस