शालीनलाई मर्न बाध्य बनाएको भन्दै तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शालीनलाई मर्न बाध्य बनाएको भन्दै तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । रत्ननगरको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रहरी अनुसन्धानबाट प्राप्त प्रतिवेदनमा बलात्कारपछि हत्या गरिएको प्रमाण नभेटिएपछि शालीनको मृत्युको कारण आत्महत्या नै भएका निर्क्योल गर्दै हिरासतमा रहेका तीन शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो ।

जिल्ला अदालत चितवनमा हिरासतमा रहेका विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र छात्रावासका वार्डेन कमलप्रसाद शर्माविरुद्ध शालीनको आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जिल्ला अदालत चितवनमा दायर गरिएको अभियोग पत्रमा भनिएको छ, ‘घटनाको आधार प्रमाणहरू अध्ययन गर्दा निजहरुले तोकिएको पदबाट विचलित भइ होस्टल सञ्चालनको न्यूनतम मापदण्ड र वातावरणको समेत ख्याल नराख्दा र होस्टलमा रहने बस्ने गरेका विद्यार्थीहरूको उचित हेरचाह नगरी मृतक शालीन पोखरेललाई झुन्डिई मर्न बाध्य बनाइ बाँच्ने अन्य विकल्पहरू नरही बाध्य भइ निज शालीन पोखरेल झुन्डिई आत्महत्या गरेको देखिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस