सुदूरपश्चिम सरकारलाई समर्थन दिने नाउपाको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम सरकारलाई समर्थन दिने नाउपाको निर्णय


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका छन् ।

आइतबार प्रदेश सभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको पाँच जना प्रदेशसभा सदस्यको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकमा नाउपाका प्रदेश सभा सदस्यहरू कैलाश चौधरी र टीका थापा सहभागी थिएनन् । बैठकमा सहभागी भएका नाउपा सांसदहरु अहिले सरकारमा नै सहभागी छन् ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताए ।

बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यहरूलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको दाबी गरे । केन्द्रमा नयाँ गठबन्धनमा सामेल भएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका बेला प्रदेशमा छुट्टै समीकरण बनाएर नयाँ सन्देश खोजिएको उनले बताए।

नाउपाले मुख्यमन्त्रीलाई समर्थन कायमै राखेपनि उनीसँग काँग्रेसका १८ र नाउपाका ७ गरेर २५ जना मात्र पुग्छन् ।

राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले समर्थन गरे मात्र शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस