मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार, ३ भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार, ३ भारतीय नागरिक पक्राउ


२ चैत्र २०८०, शुक्रबार


रौतहट । मनि ट्रान्सफरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । मनि ट्रान्सफरका सञ्चालक नितेश कुमार साहमाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते भएका साहलाई उपचारका लागि वीरगन्ज पठाइएको छ । प्रहरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्ने तीनै जना भारतीय नागरिक भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस