गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन पनि नगर्ने जनमतको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन पनि नगर्ने जनमतको निर्णय


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । जनमत पार्टी नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने भएको छ । नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र वर्तमान सरकारलाई पनि समर्थन नगर्ने निर्णय पार्टीको केन्द्रीय सचिवालय बैठकले गरेको प्रवक्ता डा. शरद सिंह यादवले जानकारी दिए ।
बैठकले इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेश सभा निर्वाचन १(१) मा पार्टीको तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेकाे यादवले बताए । सप्तरीमा माघ ८ मा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन उपर छलफल गरी निर्देशित प्रक्रिया अगाडी बढाउने निर्णय पनि बैठकले गरेको छ ।

मध्यबानेश्वरमा फागुन २३ गते बसेको केन्द्रीय सचिवालय बैठकका निर्णय जनमतले आज सार्वजनिक गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस