रमेश लेखकले भने-यही गतिमा हिँडे प्रधानमन्त्रीले ५ वर्षमा १३ पटक गठबन्धन फेर्नुहुन्छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

रमेश लेखकले भने-यही गतिमा हिँडे प्रधानमन्त्रीले ५ वर्षमा १३ पटक गठबन्धन फेर्नुहुन्छ


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक पटक गठबन्धन फेरेर राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् । उनले एक वर्षमा दुई पटक गठबन्धन फेरेको भन्दै प्रधानमन्त्रीले ५ वर्षमा १३ पटकसम्म गठबन्धन फेर्न सक्ने बताए ।

‘मैले क्याल्कुलेटरमा हिसाब गरेँ, गठबन्धन कति पटक फेरिने रहेछ भनेर । यही गतिमा प्रधानमन्त्री हिँड्नुभयो भने झण्डै १३ पटक गठबन्धन फेरिने रहेछ’, उनले भने, ‘५ वर्षमा १३ पटक गठबन्धन फेर्ने, अनि आफूचाहिँ रहिरहने ?’

प्रधानमन्त्रीले एउटा सम्बोधनमा जीवित छँदासम्म उथपुथल गर्छु भनेको स्मरण गर्दै उनले भने, ‘हजुर १०० वर्ष जीवित रहनुहोला, मेरो उमेर पनि हजुरलाई लागोस् । तपाई म भन्दा धेरै देशलाई चाहिने नेता हो ।’

केही दिनअघिको सम्बोधनमा प्रधानमन्त्रीले प्रतिक्रियावादीले उपयोग गर्न खोजे आफू लात्ताले हानेर हिँड्ने बताएका थिए । काँग्रेस नेता लेखकले प्रधानमन्त्रीको यो भनाए आपत्तिजनक भएको बताए ।

‘प्रधानमन्त्रीले कसलाई लात्ताले हान्ने, किन हान्ने ? यो मेरो दुर्भाग्य हो कि देशको दुर्भाग्य हो ?’ उनले भने, ‘जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्न सिकाउनुहुन्छ । यो विषयमा भोलिका दिनमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’

Tags :
प्रतिक्रिया दिनुहोस