नयाँ गठबन्धनबीच आठ बुँदे सहमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नयाँ गठबन्धनबीच आठ बुँदे सहमति


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नयाँ गठबन्धनका चार दलबीच आठ बुँदे सहमति भएको छ ।

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।

मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । 

साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अविलम्ब टुङ्गाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस