नयाँ गठबन्धनप्रति सकारात्मक दलहरूलाई समेटेर सरकारलाई पूर्णता दिने निर्णय  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ गठबन्धनप्रति सकारात्मक दलहरूलाई समेटेर सरकारलाई पूर्णता दिने निर्णय 


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नयाँ सत्ता गठबन्धनले अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चार दलबीच सहकार्य भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । 

नयाँ गठबन्धनमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको शपथ लिएका छन् । समीकरण फेरिएपछि सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ‘प्रचण्डको काँधमा आएको छ ।

एमाले, माओवादी, रास्वपा र जसपा सम्मिलित गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्तिलगायत साना दललाई पनि समेट्ने प्रयास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस