संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति गर्ने नयाँ गठबन्धनको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संघदेखि प्रदेशसम्म प्याकेजमै सहमति गर्ने नयाँ गठबन्धनको तयारी


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नयाँ गठबन्धनमा शक्ति बाँडफाँटमा सहमति जुटाउन नेताहरूको बैठक बालुवाटारमा जारी छ । एमाले-माओवादी-रास्वपा-जसपा सम्मिलित गठबन्धनको बैठक केही बेरअघिबाट सुरु भएको हो ।

बैठकमा लिखित सहमति हुने बताइएको छ । मन्त्री, मन्त्रालय, प्रदेश नेतृत्वको सम्मको भागबन्डा प्याकेजमै सहमति हुने नेताहरूले बताएका छन् ।

बालुवाटार छलफलमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । त्यस्तै वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल राजेन्द्र श्रेष्ठ पनि बैठकमा छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । आजै साँझ एमाले, माओवादी र रास्वपाका एक-एकजना गरी तीनजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस