कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाण्डे जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख हुन् ।

उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय मुगुको सामुदायिक सिँचाइ आयोजना (सीआईपी)का इन्जिनियर महेशसिंह कठायत, सब-इन्जिनियर भीमबहादुर रोकाय, सीआईपीका प्राविधिक सर्जनबहादुर शाही, सोरु गाउँपालिका-९ का तत्कालीन वडाध्यक्ष परुनाथ योगी, साविक कालै गाविसका गाविस सचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेवी शाही कोषाध्यक्ष रुपा शाही र सामाजिक परिचालन संयोजक प्रकाश बुढथापा छन् । दायर गरिएको मुद्दामा सबैसँग २६ लाख ८२ हजार १४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस