नयाँ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नयाँ सत्ता गठबन्धनको बैठक दिउँसो बस्दैछ । दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाउन बैठक बसिरहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको भागबण्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

सोमबार नै बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो ।

उनीहरूले बनाएको खाकामाथि शीर्ष तहमा छलफल हुन लागेको स्रोतको भनाइ छ । मन्त्रालय भागबण्डामा सहमति जुटाउने तयारी भए पनि सोमबार भने तीन जनाले मात्र बिना विभागीय मन्त्रीको शपथ लिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस