राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल निवासमा जाँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ‘प्रचण्ड’ शीतल निवासमा जाँदै


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने भएका छन् । शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रपतिसँग भेट्न आउन लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । नयाँ गठबन्धनसँगै आजै सानो आकारको नयाँ मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री शीतल निवास जान लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस