इलाम-२ मा ५२ प्रतिशत मत खस्यो  « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो 


१५ बैशाख २०८१, शनिबार


इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५२ प्रतिशत मत खसेको छ । अहिले ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६० हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

खसेको मत सङ्ख्याको आधारमा यो ५२ प्रतिशत मत हो । इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । बिहान ७ बजेदेखि ७९ मतदान स्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । इलाम(२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, काँग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस