नाउपा नयाँ बन्ने गठबन्धनमा जान्छ : रेशम चौधरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नाउपा नयाँ बन्ने गठबन्धनमा जान्छ : रेशम चौधरी


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ । सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशम चौधरीले आफूहरु नयाँ सरकारमा जान सकारात्मक रहेको बताए ।

उनले भने, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदैछ । कुनकुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्ला एक्लै बोलाएर छलफल गर्ने प्रक्रिया जारी छ ।’ अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरुमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए । तर, उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने बताए ।

नयाँ बन्ने सत्ता समिकरणमा सहभागी हुने बताएका चौधरीले आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने जानकारी दिए । ‘अहिले जोडिने नयाँ सत्ता गठबन्धनप्रति हामी सकारात्मक छौँ । विगतमा हामीले पटक पटक धेरै कुराबाट धोका खाएका छौँ,धेरै कुराहरुमा हामीलाई समावेश गरिएको छैन । तर, अबको गठबन्धनमा हामी सामेल हुँदा आफ्ना धेरै माग मुद्दालाई सम्बोधन गराएर मात्र जान्छौँ’ चौधरीले भने ।

जनतामा अस्थिर राजनीतिका कारण चरम निराशा पैदा भएको उल्लेख गरेका उनले नयाँ बन्ने सरकार जनता र विकासमुखी हुनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस