एमाले नेता भन्छन्- आज सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमाले नेता भन्छन्- आज सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै 


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । आज सरकार परिवर्तन हुने निश्चित भएको छ । आजै नयाँ मन्त्रिपरिषद् समेत गठन हुने भएको छ । 

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सरकार परिवर्तन भएर आजै सानो आकारको मन्त्रिमण्डल बन्ने छ । उनका अनुसार नयाँ मन्त्रिमण्डलले आजै शपथ लिनेछ ।

पाण्डेले फेसबुकमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद् बन्दै । सानो मन्त्री मण्डलले आज शपथ लिनेछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस