खाद्य विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, तोकियो सजाय र जरिवाना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खाद्य विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, तोकियो सजाय र जरिवाना


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गरेको हो । 

ढुंगेललाई ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

ढुंगेललाई एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । 

सम्बन्धित समाचार : खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरी लामा पनि दोषी ठहर भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस