खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खाद्य अनुसन्धान अधिकृत ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत योगेन्द्र ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीबाट रिसवत लिएको आरोपमा ढुंगेलविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्धा दायर गरीएको हो । 

ढुङ्गेलले अनुज्ञापत्रका लागि सेवाग्राहीसँग एक लाख ५० हजार रिसवत मागेको अख्तियारको दाबी छ । आयोगले ढुङ्गेललाई रिसवत रकमसहित नियन्त्रणमा लिएको थियो । 

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा उक्त रकम बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, उक्त ऐनको दफा ३ बमोजिमको कैद र बिगो बराबरको जरिबाना माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस