मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहद्वारा चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहद्वारा चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । मङ्गलवार सिंहले पत्रकार सम्मेलन गर्दै चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रगति विवरण सार्वजनिक सिंहले आफूले त्यस्तो कुनै पनि निर्णय नगरेको बताएका छन् । उनका अनुसार पाँच वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालक कर्मचारीलाई स्तर वृद्धि गरेको जानकारी दिए । एक वर्ष देखि स्थायी भएका कार्यालय सहयोगी र सवारी चालकलाई एकरएक ग्रेट वृद्धि गरेको उपकुलपति सिंहले बताए ।

मध्यपश्चिम विश्वविद्यालयमा म आएपछि ४६ जनालाई पिएचडी गर्ने अवस्थामा पुर्‍याएको छु, ‘उनले भने,‘मैले त्यति पास गरेर बिदा हुँदै छु । २-४ वर्ष पनि पिएचडी गरेर आएका सर म्याडमले मध्यपश्चिम एउटा ठाउँमा जान्छ । मेरो लागि यहाँका विद्यार्थी, कर्मचारी र जनता शत्रु नभई यहाँको भोक, शिक्षा, गरिबी र पछौटे मेरो लागि ठुलो शत्रु हुन् । मैले पदीय जिम्मेवारी अनुसार उपकुलपतिको हैसियतले नेतृत्व गरेको हुँ । मेरो कार्यकाल सफल भए त्यसको सम्पूर्ण श्रेय विश्वविद्यालय परिवारलाई जान्छ ।’

विश्वविद्यालयमा हुने राजनीतिक जन्जिर तोड्न सके मात्रै शिक्षामा परिवर्तन हुन सक्ने उपकुलपति सिंहको भनाइ छ । आफू जन्मको माटोमा केही गर्ने सोच र नयाँ भिजनका साथ यहाँ आएको बताउँदै आफ्नो कार्यकालमा भएका कामको जिम्मेवारी यहाँका जनताले नै मूल्याङ्कन गर्ने दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस