विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि-२०८१ स्वीकृत « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि-२०८१ स्वीकृत


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि-२०८१ स्वीकृत गरेको छ । 

मन्त्रालयले वैशाख १४ गते पारित गरेको कार्यविधिमा जिल्लाको वर्गीकरणका आधारमा निजी आवास पुनर्निर्माण र पुनर्स्थापनाका लागि तीन किस्तामा अनुदान रकम उपलब्ध गराइने उल्लेख छ । जसअनुसार समूह (क) मा परेका १५ जिल्लाका लागि ५ लाख, समूह (ख) मा परेका ३५ जिल्लाका लागि ४ लाख र समूह (ग) मा परेका २७ जिल्लाका लागि ३ लाख अनुदान उपलब्ध हुनेछ । 

भौगोलिक अवस्था, सडकको पहुँच, निर्माण सामग्रीको लागत र ज्यालाका आधारमा जिल्लाहरूलाई तीन समूहमा वर्गीकरण गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । कार्यविधिमा पुनर्स्थापनाको हकमा घडेरी खरिद गर्न बढीमा ३ लाख रुपैयाँसम्म र विपन्न तथा आफैँले आवास निर्माण गर्न नसक्ने संकटासन्न घरपरिवारलाई ५० हजार रुपैयाँ थप उपलब्ध गराइने छ । त्यस्तै, निजी आवास प्रबलीकरणका लागि क्षतिको स्तरअनुसार ५० हजारदेखि १ लाख रुपैयाँसम्म दिन सकिने व्यवस्था कार्यविधिले गरेको छ ।

कार्यविधिमा ४० क्युबिक फिटसम्मको काठमा सरकारी बिक्री मूल्यको ९० प्रतिशतसम्म छुट, लाभग्राहीले आफ्नो निजी वनको सालको काठ प्रयोग गर्न पाउने र स्थानीय तहले ढुङ्गा, गिट्टी र बालुवामा स्थानीय तहले सहुलियत दिन सक्ने व्यवस्था पनि छ ।

यस्ता छन् कार्यविधिका मुख्य बुँदा :

Tags :
प्रतिक्रिया दिनुहोस