मन्त्रिपरिषद् बैठकका ७१ निर्णय सार्वजनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद् बैठकका ७१ निर्णय सार्वजनिक


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मङ्गलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

मन्त्रिपरिषद्ले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई हटाउने निर्णयदेखि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्तसम्म गरेको छ ।

मन्त्री शर्माले माघ १८ र २५ सँगै फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् । माघ १८ र २५ गते बसेको बैठकले २३–२३ वटा निर्णय गरेको थियो भने फागुन ६ गतेको बैठकले २५ वटा निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस