धर्मनिरपेक्षता हिन्दूहरूको समूल नष्ट गर्न ल्याइएको हो भन्दै प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धर्मनिरपेक्षता हिन्दूहरूको समूल नष्ट गर्न ल्याइएको हो भन्दै प्रधानमन्त्रीलाई सांसद साहको प्रश्न


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका सांसद किरण कुमार साहले मधेशमा हिन्दू अल्पमतका रहेका ठाउँमा धार्मिक गतिविधिमै अवरोध सिर्जना भइरहेको भन्दै रौतहटमा लगाइएको कर्फ्युबारे ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा रौतहट-२ बाट निर्वाचित सांसद साहले इशनाथ नगरपालिकामा मन्दिर विसर्जनका क्रममा भएको अवरोध र कर्फ्युबारे सोधका थिए ।

उनको प्रश्न थियो,‘के धर्मनिरपेक्षता हिन्दुहरूको समूल नष्ट गर्नका लागि ल्याइएको हो रु मेरो निर्वाचन क्षेत्रमा हिजोदेखि कर्फ्यु छ । प्रधानमन्त्रीले यसबारे जवाफ दिनुपर्छ ।’

जवाफमा प्रधानमन्त्री ‘प्रचण्ड’ले सांसद साहको प्रश्न प्रश्नोत्तरको नियमविपरीत आए पनि उनले उठाएको हिन्दूराज्यको विषयलाई आफूले गम्भीर रूपमा लिने जवाफ दिए ।

सांसद साहले प्रतिनिधि सभा सदस्यको शपथग्रहण संस्कृत भाषामा गरेका थिए । उनी मुस्लिम बाहुल्य क्षेत्रबाट काँग्रेसका हाल जेलमा रहेका नेता अफताव आलमलाई छोरालाई पराजित गरेर निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस