नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ । क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ-११ मा परेका छन् । आजको खेलमा आरिस शेख र देव खनाल भने बेन्चमा रहनेछन् ।

२०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र नामिबिया दुवै विजयी सुरुवात गर्न चाहन्छन् । पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिँदै विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

नेपालको टोली प्लेइङ ११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

बेन्च  : दीपेन्द्रसिंह ऐरी, देव खनाल, सूर्य तामाङ र आरिफ शेख

नामिबियाको प्लेइङ ११

जेरार्ड एरास्मस(कप्तान), जेन ग्रिन(विकेटकिपर), जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज ।

Tags :
प्रतिक्रिया दिनुहोस