विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई दिने माओवादीको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई दिने माओवादीको निर्णय


२७ माघ २०८०, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको विधान अधिवेशनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ ।

शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको अधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो । बैठकमा नेताहरुबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा नेताहरुले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएको पनि प्रवक्ता सापकोटाले बताए ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस