न्यूरोडको विकल्पमा निःशुल्क पार्किङ व्यवस्था  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

न्यूरोडको विकल्पमा निःशुल्क पार्किङ व्यवस्था 


१५ माघ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडको पार्किङ हटाएर सो ठाउँभन्दा धेरै सवारी साधनलाई निःशुल्क पार्किङ व्यवस्था दिएको बताएको छ।

महानगरले न्यूरोडमा पहिलेभन्दा धेरै सवारी साधन अट्ने गरी निःशुल्क पार्किङको व्यवस्था गरेको हो । 

नगर प्रहरीका अनुसार महानगरले २ हजार दुई सयवटा दुईपांग्रे र तीन सयवटा चारपांग्रे सवारी पार्किङ गर्ने निःशुल्क स्थान उपलब्ध गराएको छ। जुन पहिले न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङभन्दा धेरै भएको प्रहरीको भनाइ छ।  

यस्तै बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस