ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


१५ माघ २०८०, सोमबार


तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍याएका मोटर साइकल चालक आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

रानामगर आइतबार रात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका-२ ढापटार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए ।

त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनि ट्रकसँग मगर चढेको प्र.३ ०२-००९ प ८५३० नम्बरको मोटर साइकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए । डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका राना मगरलाई अस्पतालले मृत घोषणा गरेको थियो । 

ट्रकका चालकलाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस