सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचन र टीआरसीबारे छलफल हुने


२९ पुस २०८०, आइतबार


काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा पुगेर अल्झिएको विधेयकमा सत्तारुढ दलभित्रबाटै सहमति खोजेर अघि बढ्न गठबन्धनको बैठक बोलाएका छन् ।

बैठक आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । नेताहरू बैठकका लागि पुग्नेक्रम छ । प्रधानमन्त्री ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने जानकारी दिए ।

गतवर्ष नै सरकारले संसद्मा दर्ता गराएको विधेयक पास गर्न प्रधानमन्त्री दाहाललाई दबाब छ । एमालेलाई समेत मनाएर सर्वसहमतिमा विधेयक पास गर्ने दाहालको चाहना असफल जस्तै बनिसकेको छ भने अब सत्तारुढ गठबन्धनले बहुमतबाट विधेयक पास गरेर अघि बढ्ने तयारी छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले यसअघि नै आगामी अधिवेशनबाट सो विधेयक पारित हुने बताइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस