नाउपा अध्यक्षका लागि रेशम चौधरीले दिए उम्मेदवारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नाउपा अध्यक्षका लागि रेशम चौधरीले दिए उम्मेदवारी


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको भावी अध्यक्षका लागि अहिलेसम्म रेशम चौधरीको एकल उम्मेदवारी परेको छ । उनी पार्टीका संरक्षक हुन् । नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन् ।

अहिले पनि उम्मेदवारी दर्ता जारी छ । स्रोतकाअनुसार अहिलेसम्म अध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ । त्यसबाहेक अन्यमा उम्मेदवार बढी भएपछि निर्वाचनको सम्भावना बढेको छ ।

महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधि सभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् । सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । यस अघि महासचिव रहेका रतन थापाले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस