पृथ्वीनारायणका अर्थतन्त्र, परराष्ट्र लगायत नीति अझै सान्दर्भिक : देउवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पृथ्वीनारायणका अर्थतन्त्र, परराष्ट्र लगायत नीति अझै सान्दर्भिक : देउवा


२७ पुस २०८०, शुक्रबार


deuba

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझपनि सान्दर्भिक रहेको बताएका छन् ।

शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरे ।

‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको शाहले अवलम्वन गरेका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्,’ देउवाले भनेका छन् ।

उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाल र नेपालीको पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्राप्त होस् भन्दै शुभकामना दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस