केएमसीद्वारा डा. विशद दाहालको निलम्बन फिर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केएमसीद्वारा डा. विशद दाहालको निलम्बन फिर्ता


२५ पुस २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ ।

बुधबार कलेज प्रशासन, काठमाडौँ विश्वविद्यालय र आवासीय चिकित्सकका प्रतिनिधिबीच भएको छलफलमा डा. दाहालको निलम्बन फिर्ता लिने र कलेज प्रवेश गर्न दिने सहमति भएको हो । सहमति अनुसार काठमाडौँ विश्वविद्यालयको कार्यविधि नबनेसम्म आवासीय चिकित्सकहरू पूर्वनिर्धारित स्वास्थ्य शिविरमा सहभागी हुने भएका छन् ।

कार्यविधि बनाउन केयू स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा. दीपक कुँवरको संयोजकत्वमा तीन सदस्यीय समिति बन्ने भएको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस