कर्मचारीलाई संघमै थुपारेर संघीयताको असल अभ्यास हुन सक्दैन : खिमलाल देवकोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीलाई संघमै थुपारेर संघीयताको असल अभ्यास हुन सक्दैन : खिमलाल देवकोटा


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । डा. खिमलाल देवकोटाले दलहरूले स्थानीय तहको फोहोर सफा गर्नुपर्नेमा झन् फोहोर गरेको आरोप लगाएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै देवकोटाले सो सो आरोप लगाएका हुन् ।

स्थानीय तहमा कर्मचारीको समस्या रहेको भन्दै उनले कर्मचारी २ वर्ष पनि नटिकेको दुखेसो पोखेका छन्। ‘हिजो गाविस सचिवले पनि गाविस चलाएका थिए। अहिले ३० करोड रकम पालिकामा पठाए पनि पालिका किन चल्न सकेको छैन ? हामी एउटा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्नुको कारण के हो ? समस्याको गाँठो कहाँ छ ?’ उनले प्रश्न उठाए ।

कर्मचारीको समायोजन गर्दा स्थानीय तहमा ६७ हजार ७ सय १९ चाहिन्छ भने पनि दरबन्दी ४१ हजार मात्रै राखने काम भएको उनले बताए । त्यहीबाट कर्मचारीको समस्या देखिएको उनको भनाइ छ ।

उनले भने, ‘सङ्घीय सरकारले प्रदेशलाई कर्मचारी पठाउन सक्दैनौँ भनेर किन नभन्ने ? सङ्घलाई ४८ दरबन्दी आवश्यक भएको ठाउँमा ५३ हजार पुगिसक्यो। सङ्घमा दरबन्दी बढाउने प्रदेशमा कर्मचारी अभाव हुने भएपछि यो गाँठो फुकाउनुपर्छ ।’

अधिकार, कर्मचारी र सङ्घमै थुपारेर सङ्घीयता असल अभ्यास हुन नसक्ने उनले बताए । देवकोटाले कर्मचारीतन्त्रमा जहाँ पनि भ्रष्टाचारको जालो रहेको भन्दै उनले सुशासनमा कर्मचारीलाई कडाइ गर्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस