‘गठबन्धन दलहरू राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध हुनुपर्छ’ : डा. शेखर कोइराला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘गठबन्धन दलहरू राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध हुनुपर्छ’ : डा. शेखर कोइराला


२३ पुस २०८०, सोमबार


काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दल एकताबद्ध भएर अघि बढ्नुपर्ने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् ।

सोमबार विराटनगरस्थित काँग्रेस प्रदेश कार्य समितिको कार्यालयमा सम्पन्न बैठकमा डा. शेखर कोइरालाले गठबन्धन र काँग्रेसलाई एक ढिक्का बनाएर निर्वाचनमा होमिने प्रस्टाए।

गठबन्धन दलका नेताहरूसमेत समावेश सो बैठकमा प्रतिनिधि सभा सदस्य समेत रहेका नेता कोइरालाले गठबन्धनभित्र काँग्रेसलाई संशयको दृष्टिकोणबाट हेर्न नहुने बताए ।

उनले भने, ‘गठबन्धन दलले कोसीमा नेपाली काँग्रेस र माओवादीले दुवै जना परिवर्तनका संवाहकलाई उम्मेदवार चयन गरेको छ । सिटौलाजीले शान्ति प्रक्रियामा पुराएको योगदान महत्त्वपूर्ण रहेको छ । हामीले बिर्सनु हुँदैन।’

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारीलाई लिएर पार्टीको तल्लो तहमा चर्को असन्तुष्टि देखिएको बताएका नेता कोइरालाले सिटौलाको योगदानलाई ध्यानमा राखेर सबैले उम्मेदवार बनाउन सहमति जनाएको प्रस्टाए । उनले भने, ‘हामीले पनि निर्वाचनमा पराजितलाई प्रतिस्पर्धाको दौडमा नराखौँ नै भनेका हौ । तरपनि शान्ति प्रक्रियामा सिटौलाले खेल्नु भएको भूमिकालाई ध्यानमा राखेर एक भयौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस