बीएनपीले माग्यो प्रधानमन्त्री हसिनाको राजीनामा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बीएनपीले माग्यो प्रधानमन्त्री हसिनाको राजीनामा


२३ पुस २०८०, सोमबार


काठमाडौँ । बङ्गलादेश नेशनालिस्ट पार्टी (बीएनपी)ले आइतबार भएको निर्वाचन रद्द गर्न माग गरेको छ । साथै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने उसको माग छ ।

बङ्गलादेशमा आइतबार १२औँ संसदीय निर्वाचन भएको छ, जसलाई बीएनपीले बहिस्कार गरेको थियो । निर्वाचन बहिस्कार गर्न आह्वान गर्दै उसले ४८ घण्टे हडताल समेत आह्वान गरेको थियो ।

निर्वाचनमा करिब ४० प्रतिशत मत खसेको थियो र सत्तारुढ अवामी लिगले बहुमत पाएको निर्वाचन आयोगले जनाएको छ । तर बीएनपीले भने जनताले आइतबार भएको निर्वाचनलाई अस्वीकार गरेको बताएको छ ।

अनेक धम्की र त्रास देखाएर पनि जनतालाई मतदान केन्द्रसम्म ल्याउन सरकार असफल भएको विपक्षी दलको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस