बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बंगलादेशको निर्वाचनमा शेख हसिनाको पार्टीलाई बहुमत


२३ पुस २०८०, सोमबार


काठमाडौँ । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बङ्गलादेश अवामी लिगले बहुमत प्राप्त गरेको छ ।  

प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् ।

३०० सिटका लागि भएको आम निर्वाचनमा बङ्गलादेश अवामी लिगले करिब २०० सिटमा जित हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेशनलिस्ट पार्टी ९बीएनपी०ले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो ।

निर्वाचन आयोगका प्रवक्ताले ३०० मध्ये २९९ सिटमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको र अहिलेसम्मको परिणामको आधारमा अवामी लिगको सरकार बन्ने निश्चित भएको बताएका छन् । उनका अनुसार चुनावको अन्तिम परिणाम घोषणा हुन भने केही समय लाग्ने छ ।

शेख हसिनाले गोपालगञ्ज-३ बाट शानदार जित हासिल गरेकी छन् । उनले २ लाख ४९ हजार ९६५ भोट पाएकी छन् । उनको निकटतम प्रतिस्पर्धी बङ्गलादेश सुप्रिम पार्टीका एम निजाम उद्दीनले ४६९ भोट मात्र पाएका छन् । शेख हसिनाले गोपालगञ्जबाट सन् १९८६ देखि आठ पटकसम्म चुनाव जित्दै आएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस