निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्वाचन आयोगद्वारा राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन


२२ पुस २०८०, आइतबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। 

सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फ ९३ जना र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुखतर्फ २७४ जना गरी ३६७ जना मतदाता छन्।

कोशी प्रदेश सभा सदस्यको मतभार ४९२९ छ। पालिका अध्यक्ष-उपाध्यक्ष तथा नगर प्रमुख-उपप्रमुख गरी ५२०६ मतभार छ। कोशी प्रदेशमा कुल १० हजार १३५ मतभार कायम हुने निर्वाचन आयोगले जनाएको छ। 

त्यस्तै मधेश प्रदेशमा प्रदेश सभा सदस्यको १०७, पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख(उपप्रमुख २६७ गरी जम्मा ३७४ जना मतदाता छन्। 

प्रदेश सभा सदस्यको मतभार ५६७१ र पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुखको ५०७३ गरी जम्मा १० हजार ७४४ मतभार कायम हुनेछ। 

बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फ ११० तथा पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता संख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्।

बागमतीमा प्रदेश सभा सदस्यको मतभार ५८३० र पालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतभार ४५०३ गरी जम्मा १०३३३ मतभार कायम हुनेछ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य तर्फ ६० तथा पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। गण्डकीमा प्रदेश सभा सदस्यको मतभार ३१८० र पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुखको मतभार ३२३० गरी जम्मा ६४१० मतभार कायम हुनेछ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतदाता संख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष(उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता संख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन्। 

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र पालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतभार ४१४२ गरी जम्मा ८७५३ मतभार कायम हुने आयोगले जनाएको छ।

कर्णालीमा प्रदेश सभा सदस्यको संख्या ४० छ। पालिका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख १५६ जना छन्। प्रदेश सभाको मतभार २१२० र पालिकाको २९६४ गरी कर्णालीमा जम्मा मतभार ५०८४ हुने छ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता संख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष तथा प्रमुख-उपप्रमुख तर्फको मतदाता संख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम छन्। 

जसअनुसार प्रदेश सभा सदस्यको २७५६ र पालिकाका ३३४४ गरी जम्मा ६१०० मतभार कायम रहेको आयोगले जनाएको छ।

राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस