राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पनि सहभागी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पनि सहभागी


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि सहभागी भएका छन् ।

सिंहदरवार स्थित कृषि समितिको हलमा जारी बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि दुई पटकसम्म संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । दुई पटकसम्म जारी गरेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक नआएर कानुन बन्न सकेको थिएन ।

त्यो अध्यादेशले खडा गरेको कानुनी रिक्तता पूर्ति गर्न वर्तमान सरकारले छुट्टै विधेयक ल्याएको छ । त्यो विधेयकमाथिको दफावार छलफल आजबाट राज्यव्यवस्था समितिको बैठकमा सुरु भएको छ ।

समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस