नेपाल वायुसेवा निगमका विमान चालक शाहविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल वायुसेवा निगमका विमान चालक शाहविरुद्ध भ्रष्टाचार मुद्दा


१९ पुस २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालक  सम्राट बहादुर शाहको शैक्षिक प्रमाण पत्र नक्कली भेटिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्ति भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेसन काउन्सिल अन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुर बाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको भन्दै झुट्टा प्रमाणपत्र पेस गरेको जनाइएको छ । 

आयोगमा उजुरी परेपछि छानबिन गर्दा शाहीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस