नेपाल-भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल-भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाल र भारत सरकार दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरवारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले बिहीवार(आज) सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

भारतीय विदेशी मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने गरी नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर भएको बुझिएको छ ।

उर्जा मन्त्री शक्ति बस्नेतको उपस्थतिमा सहमति पत्रमा हस्ताक्षर भएसँगै भारतका सरकारी तथा निजी क्षेत्रका कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा विद्युत् खरिद बिक्री सम्झौता गरी बिजुली लिन सक्नेछन् ।

के के विषयमा हस्ताक्षर भयो भन्नेबारे नेपाल र भारतका परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकपछि सार्वजनिक गरिने ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस