अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने माओवादीको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवसर नपाएकालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने माओवादीको तयारी


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा घाइते, अपाङ्गता भएका, अहिलेसम्म अवसर नपाएकालाई ल्याउने भएको छ ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रिय सभाबारे अवसर नपाउनेलाई ल्याउनुपर्छ भन्नेबारे पदाधिकारी तहमा छलफल भएको बताए ।

उनले भने, ‘अहिलेसम्म पार्टीमा हामीले पाउने सीट गठबन्धनमा भागबन्डालगायतका नीतिगत विषयमा छलफल भएको छ । सबैतिरबाट सिफारिस आएपछि ठोस छलफल होला । पार्टीको बैठकले गठबन्धनबाटै जान्छौँ भनिसकेका छौँ । पार्टीमा धेरै घाइते, अपाङ्ग, अहिलेसम्म अवसर नपाएकाहरूलाई ल्याउनुपर्छ भनेर प्रारम्भिक छलफल भएको छ । त्यस विषयमा छलफल होला । अहिले चाहिँ गठबन्धनमा छलफल हुँदैछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस